Logo

नेपालमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका ११ जिल्ला कुन कुन हुन् ?



Spread the love

१ कार्तिक, काठमाडौँ । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । दुई महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

हिजो शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थिए भने २४ घण्टामा ३ हजार ५२२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले देशभर ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका छन्।

१. काठमाडौँ
२. चितवन
३. भक्तपुर
४. ललितपुर
५. दाङ
६. बाँके
७. रुपन्देही
८. मोरङ
९. सुनसरी
१०. मकवानपुर
११. सुर्खेत

प्रतिक्रिया दिनुहोस्