Logo

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने पक्राउ



Spread the love

३० असोज, काठमाडौँ। साइबर अपराध ब्यूरोले ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाउने एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १९ वर्षीय नवीन बस्नेत रहेका छन्। ब्यूरो प्रमुख नवीन्द अर्यालले उनलाई काठमाडौं ल्याइँदै गरिएको बताएका छन् ।

प्युठान घर भएका नविनले ‘बलात्कार संगठन’ नामको फेसबुक ग्रुप चलाएर बलात्कारलाई प्रश्रय दिएको भन्दै उनलाई पक्राउ गरेको अर्यालले बताए। विद्युतीय कारोबार ऐन अन्तर्गत बस्नेतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्