Logo

काठमाडौं उपत्यकाका थप २४०२ जनामा संक्रमण पुष्टि, ३५२२ ले जिते कोरोना



Spread the love

३० असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४३९२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १७८४, ललितपुरमा २४४ र भक्तपुरमा ३७४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ३५२२ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ८८४० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्