Logo

प्रधानमन्त्री ओलि भन्छन्, ‘बाबुराम भट्टराईले जनता भड्काउने कुचेष्टा गरे’



Spread the love

३० असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बाबुराम भट्टराईले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । ६५ औँ प्रहरी दिवसको अवसरमा नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगण्डकी विद्युत आयोजनाबारे निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्