
एजेन्सी। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना संक्रमणदर बढ्दै जाँदा मृत्युदर समेत वृद्धि हुने भन्दै चिन्ता व्यक्त छ । डब्लुएचओका प्रमुख बैज्ञाननिक सौम्या स्वामीनाथनले संक्रमणका गम्भिर बिरामीको संख्या बढ्दै जानु र आईसीयू भरिँदै जानुले चिन्ता बढेको बताएका हुन् ।
विश्वमा अप्रिल यता दैनिक मृत्युदर ५ हजार हाराहारीमा झरेपनि पछिल्लो समय संक्रमणका गम्भिर बिरामीको संख्या बढ्दै गएको डब्लुएचओले जनाएको छ ।
विश्वभर कोरोनाबाट १० लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्