एजेन्सी। थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व दुर्घटना भएको हो ।
बसमा व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेका बौद्ध धर्मावलम्बीहरू रहेको बताइएको छ ।
रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्