
२४ असोज, काठमाडौं । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेसनमा बसेका छन्।
घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेका हुन् ।पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए ।

पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्