Logo

‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजियो’



Spread the love

२३ असोज, काठमाडौं । अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायतका महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भईरहेका बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उनीहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताए ।

महिला अधिकारवादी डा. रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलीएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गरे । अधिकारकर्मी र मिडियाले पनि पीडितको कारवाही भए÷नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायतका असरबारेमा ध्यान नदिएको उनको औँल्याए । उनले भने, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणी दिक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औँल्याए । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उनको भनाइ छ । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मुलधारकै मिडियामा पनि कमजोर र शक्तिहिन महिलाका रुपमा चित्रण गरिने गरेको बताए । उनले भने, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठीरहँदा यससँगै वाक स्वतन्त्रताको विषय जोडिएको छ ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याए। पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले यस समुदायका बालबालिकामा आफु तल्लो जातको हुँ भन्ने भावना विकास भएको उहाँको भनाइ छ । कतिपय शिक्षित व्यक्तिले समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उनको आरोप छ । उनले भने, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्