Logo

आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन मुख्यमन्त्री राईको आग्रह



Spread the love

२३ असोज, विराटनगर – विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड–१९ आइसोलेसन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० शैयाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिए । घर बस्न नसक्ने अवस्थामा रहेका कोरोनाका बिरामीलाई आइसोलेशनमा निःशुल्क रहने व्यवस्था मिलाइएको उनले बताए।

धेरै दिनदेखि बन्द रहेको सो भवनलाई कोरोना उपचारमा सहयोग पुग्ने उद्देश्यले लायन्स क्लव इन्टरनेशनलको आर्थिक सहयोगमा आइसोलेशन निर्माण गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भवनको आज शुभारम्भ गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले कुनै देशलाई अछुतो नराखेको बताए । उनले कोरोनाले धनि गरिब सबै वर्गलाई चपेटोमा पारेको चर्चा गर्दै कोरोनालाई जित्न सबै मिल्नुपर्ने कुरामा जोड दिए ।

उनले नवनिर्मित आइसोलेसनलाई व्यवस्थित गर्न चिकित्सक तथा भेन्टिलेटर सहयोग गर्ने जानकारी दिए । उनले विराटनगरमा एक हजार शैया क्षमताको आइसोलेसनको आवश्यकतामा रहको र होम आइसोलसन भन्दा संस्थागत आइसोलेसनको आवश्यकता औँल्याए। मुख्यमन्त्री राईले आफू बसिरहेकै स्थानमा चाडपर्व मनाइदिन सबैलाई आग्रह गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसको अन्त्य कहिले हुने भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको हुँदा सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई नियन्त्रण गर्न सकिन्छ भने ।

प्रतिक्रिया दिनुहोस्