
२३ असोज, काठमाडौं। सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी टोलीले वार्ताको समय नतोक्दा अनिश्चित बनेको हो।
सकारात्मक भनिए पनि शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो ।
डाक्टर केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उनका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्