
२२ असोज, काठमाडौं। डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुले अस्पतालहरुको आकस्मिक र कोरोना बाहेकका सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले बिहीबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् ।
सरकारले गठन गरेको वार्ता टोलीले डा केसीको माग तत्काल सम्बोधन गरेर डा केसीको अनसन छिट्टै तोडिनेमा आफूहरु विश्वस्त रहेको धर्नामा बसेका चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्