
२१ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमाथि चलिरहेको सुनुवाई कोरोना महामारीका कारण स्थगित भएको हो ।
सर्वोच्चका न्यायाधीश र केही कर्मचारीमा कोरोना पुष्टि भएपछि अदालतको सेवा प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्