
२० असोज, बुटवल । प्रदेश ५ को राजधानी देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइले पारित भएको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।
भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले घोषणा गरे ।
यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्