
२० असोज, चितवन । बिरामी बुबा भेट्न गएका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
चितवन भीमादका ७१ वर्षीय वृद्ध उनका ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए । चितवनमा भएका उनका बुबा तथा भाइलाई कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धलाई पनि कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी चितवनमा अवस्थित भाएको घरमा नै आइसोलेसन बसेका थिए ।
आइसोलेसनमा नै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्