
एजेन्सी। तीन दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका कोरोना संक्रमित ट्रम्प सोमबार बेलुका ह्वाइट हाउस फर्केका हुन् ।
अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् ।
ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्