Logo

२ बालक र ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण



Spread the love


१९ असोज, गोरखा । सोमबार गोरखामा एकै दिन ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको रखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित मध्ये बाह्र किलो प्रहरी चौकीमा कार्यरत ६ पुरुष र २ महिला प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक पुरुष कर्मचारी रहेको छन् ।

त्यस्तै बाह्र किलो प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी परिवारका ३ र १२ बर्षीय बालक, बाह्र किलोमा व्यापार सञ्चालन गर्दै आएका तीन व्यापारी, प्रहरी हिरासतमा रहेका दुई पुरुष, एक शिक्षक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्