
१९ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १३७८१ पिसिआर परीक्षणमा थप २४४० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ८९२६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
संक्रमणबाट नेपालमा आज १९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्