Logo

कांग्रेसका थप ३ केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि



Spread the love

१८ असोज, काठमाडौं। नेपाली कांग्रेसका थप ३ केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसद्वारा जारी विज्ञप्तिमा सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गते दिउँसो दुई बजे सम्मका लागि स्थगित गरिएको छ ।

विज्ञप्ति अनुसार पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्