७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार तथा नेकपा नेता सुर्य थापाले नेपाल बिधुत् प्राधिकरणका पुर्ब कार्यकारी निर्देशक कुलमान घिसिङलाई वाह, वाह भन्ने पाखे भएको बताएका छन् ।
प्राइम टेलिभिजनको लागि ऋषि धमलाले लिएको अन्तरबार्ता मा कुलमानलाई वाह, वाह भन्ने पाखे भएको बताएका हुन् ।
धमलाले कुलमानको पुनर्नियुक्तिबारे प्रश्न गर्दा जनताले चाहदैमा, भोट हाल्दैमा कुलमानको पुनर्नियुक्ति हुने सम्भावना नरहेको थापाले स्पष्ट पारे।
सम्बादको क्रममा थापाले नेपाल लाेेडसेडिङ मुक्त हुनुमा सम्पुर्ण श्रेय कुलमानलाई मात्र दिन नमिल्ने बताए । प्रधानमन्त्री ओलिको चाहाना, संकल्प र कार्ययोजनाले मात्र नेपाललाई लाेेडसेडिङ मुक्त गर्न सकेको थापाले दाबी गरे ।
युवराज खतिवडालाई पुनः आर्थिक सल्लाहकार बनाउन मिल्ने तर, कुलमानलाई पुनर्नियुक्ति दिन नमिल्ने धमलाको प्रश्नमा थापाले दुबैको तुलना नै गर्न नमिल्ने प्रतिक्रिया दिए।
जनताले कुलमानलाई भगवान मान्नु मुर्खता रहेको थापाले बताए ।