४ असोज, काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक पेरिसडाडामा बैठक बस्न लागेको हो ।यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो ।
बैठकमा भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि बैठक बोलाइएको हो।
भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रणलगायतको विषयमा निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्