२२ भदौ, काठमाडौं। राष्ट्रपति विद्या भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन् । पाँचथरका ढकाल दुई बर्षका लागि सञ्चार विज्ञको रुपमा नियुक्त भएका हुन् ।
पाँचथरका ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । यसअघिका विज्ञ माधव पौडेलको कार्यकाल सकिएपछि ढकाललाई नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्