Logo

बामदेव गाैतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने नेकपा बैठकको निर्णय



Spread the love

१८ भदाै, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गाैतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले गाैतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताएका छन् ।

यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र द्विविधा देखिएको थियो । नेकपाका २ अध्यक्ष खतिवडा र गाैतमको पक्षमा थिए ।

प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तरता दिने पक्षमा देखिएका थिए भने प्रचण्ड बामदेव गाैतमलाई राष्ट्रिय सभामा लैजाने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्