१६ भदौ, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राष्ट्रिय सभाको मनोनित एक सांसद पदमा बामदेव गौतम र युवराज खतिवडाबीच फेरि भीडन्त हुने देखिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई सांसदमा निरन्तरता दिने चर्चा चलिरहदा पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि उक्त पदमा दाबी गरेपछि नेकपा भित्रको पुरानो विवाद फेरि चर्किने देखिएको हो ।
प्रधानमन्त्री केपी ओलीले खतिवडालाई नै सांसदमा निरन्तरता दिनसक्ने अभिव्यक्ति सावर्नजनिक भएसंगै त्यसको जवाफमा गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने अडान राखेका हुन् । जसका कारण एकपटक फेरि नेकपा भित्रको विवाद चर्किने संभावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस्