Logo

दृष्टिबिहिन जोडि निशुल्क यात्रामा, सल्यान रुकुम यातायातको सहयोग



Spread the love

०५ पौष, सल्यान-

सल्यान रुकुम यातायात ब्यवसायी समितीले मंगलबार एक दृस्टिबिहिन जोडि लाई सल्यान देखि काठमाण्डौ सम्म निशुल्क यात्राको व्यवस्था गरेको छ ।

यात्रुहरुको चाहाना र माग अनुसार जिल्ला भित्र र बाहिरका भुभागमा स्तरीय यातायातका साधन संचालन गर्दै आइरहेको सल्यान जिल्लाको अग्रनि संस्था सल्यान रुकुम यातायात ब्यवसायी समितिको निर्णयानुसार मंगलबार सल्यान जिल्ला शारदा नगरपालिका वडान ७ कजेरी निवासी ३६ बर्षिया भद्र बहादुर खड्का र उनकी ३४ बर्षिया श्रीमति कोपिला खड्का लाई सल्यान देखि काठमाण्डौ सम्म निशुल्क यात्रा गराएको समितीले जानकारी दिएको छ ।

जोडिलाई सल्यानबाट काठमाण्डौ सम्मको भाडा नलिने र काठमाण्डौ सम्म पुग्दा खानाको ब्यवस्था निशुल्क रुपले समितिले गरेको कुरा सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका महासचिव अरबिन्द कुमार राईले जानकारी दिनु भयो।सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यान द्वारा संचालित ना ५ ख ७८७६ नम्बरको रात्री बसको ए साईडको ७ र ८ नम्बर सिटमा रहेका खड्का जोडिले आफुहरुलाई जिवनमा पहिलो पट्क सम्मानका साथ सल्यान रुकुम यातायात ब्यवसायी समितिले सेवा गरेको बताउनु भयो।

अपांगहरुलाई हेर्ने सोच नकारात्मक सोच अझैँ पनि समाजमा रहेको र तितो भोगाई आफुहरुसंग रहेको उहाहरुले बताउनुभयो। कोपिला खड्काले अपांगहरु प्रतिको महान सोच र सद्भभाव पहिलो पट्क पाएकोमा आफ्नो जोडी तिनै अभागीहरुमध्ये भाग्यमानी रहेको बताउनुभयो।
“विभिन्न जिल्लाहरुको यात्रा गर्दा अपांग परिचय पत्र देखाएर केही प्रतिशत छुट माग्दा किचलो सहनु पर्थो, तर आज परिचय पत्र नदेखाएर नै निशुल्क यात्रा गर्ने सौभाग्य पाईयो”, दृस्टिबिहिन भद्र बहादुर खडकाले बताउनु भयो ।खड्का जोडिले समिति लाई नेपालकै नमुना योग्य समिती बनोस भनी शुभकामनाका साथ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले आफ्नो समितिले दर्जनौं सामाजिक कार्यहरू गरेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्