१ भदौ, काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
यसअघि संसद बैठकमा र भेटेर दिएका सुझाव बेवास्ता गरेको भन्दै थापाले प्रधानमन्त्रीलाई पत्रमार्फत आफ्नो मागप्रति पुनः ध्यानाकर्षण गराएका हुन् ।
पत्रमा थापाले सरकारको गैरजिम्मेवारीपनका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । ‘संक्रमणको फैलावटलाई रोक्न तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौँ लगायत संक्रमण बढ्दो गतिमा भएका हटस्पटहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्,’ थापाले भनेका छन्’ ।
उनले प्रधानमन्त्रीको अहंकार अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान थालेको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्