Logo

हारेका छैनन् पूर्ण बहादुर तामाङ (कान्छाराम)



Spread the love

हारेका छैनन पूर्ण बहादुर तामाङ (कान्छाराम)। हारेका छन् त रामेछापेली जनता।

प्रदेश नम्बर ३ अन्तर्गत रामेछाप जिल्लामा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता तथा समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधि सभाको चुनावमा हारे पनि मानबता र समाजसेवाको चुनावमा जित हासिल गरेका छन । परोपकारी भावनाका कान्छाराम, प्रतिद्वन्दी बाम गठबन्धनका साझा उम्मेद्वार रहेका पूर्व गृहराज्यमन्त्री तथा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठसँग ६३४६ मतान्तरले पछी परेका थिए ।

तर, चुनाव हारेर जादै गर्दा निर्वाचनको समयमा हावादारी गफ गर्ने र जितेपछि अर्को निर्वाचनसम्म जनताको नामै सुन्न नचाहने बानी परेका हाम्रा राजनीतिक दलका नेतालाई गतिलो पाठ सिकाएका छन् । चुनाव अघी रामेछापका जनतासामु गरेका प्रतिवद्धतालाई पुरा गरेरै देखाउने योजना अनुसार आगामी १ महिनाभित्र ६ वटा एम्वुलेन्स वितरण गर्ने बताएका छन् ।

चुनाबी अभियानका क्रममा उनले निम्न स्थानका एम्वुलेन्स वितरण गर्ने प्रतिवद्धता गरेका थिए ।

खाडादेवी – माइमन्दिर १
बोक्से – रस्नालु – चुचुरे १
धोबी – नागदह – बिजुलीकोट – दुरागाउँ – सैंपु १
हिमगंगा – रामपुर – ओख्रेनी १
गेलु – चनाखु १
फुलासी –मानेदोरम्बा –डडुवा १
बेथान – हिलेदेवी १
साँघुटार –देउराली १
भुजीप्रिती – गुप्तेस्वर १

जिल्लाको प्रदेस ‘क’ मा उनले पहिला नै वितरण गरेका एम्वुलेन्स अहिले पनि सन्चालनमा छन् । यसका अलावा जिल्लामा आइपर्ने विविध समस्याहरुमा पनि उनले धेरै ठुलो योगदान गरेका छन् । उनले भूकम्पपीडतहरुको उद्धारको लागि आफ्नो निजीखर्चमा हेलिकोप्टर चार्टर गरेर सयौँको उद्धार गरेका थिए । साउन १ गते खिम्ती आएको पहिरोमा परेर घाइते भएकालाई तामाङले निजी हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गराएका थिए ।

२०७० सालको परीणाम अनुसार गठबन्धन भन्दा करिब २९००० मतले पछाडि रहेको नेपाली कांग्रेसका तर्फबाट चुनावमा उत्रेका कान्छारामले ३५७७१ मत प्राप्त गरेका थिए भने बिजयी श्रेष्ठले ४२११७ मत ल्याएका थिए । जिल्लामा उनले गरेको सामाजिक तथा बिकासका कामले गर्दा नै पार्टीले उनलाई टिकट दिएको थियो ।

चुनाव अघी बोल्दै कान्छाराम

यधपी हामीले स्विकार्नुपर्छ कि, यदी गठबन्धन नभाको भए कान्छाराम बिशाल मतान्तरले बिजयी हुने थिए । रामेछापेली जनताले अब उनी जस्तो उदार ह्र्दय भएको नेता पाउन कम्तीमा नि ५ बर्ष कुर्नै पर्छ । र अब भविस्यमा हुने चुनावमा उनको योगदानको कदर जनताले अबस्य गर्नेछन ।

नेपाली समाजमा अब कान्छाराम जस्ता राजनीतिबाट कमाउने भन्दा यसलाई जनताको सेवाकै रुपमा लिने ब्यक्तिको अभाव देखिएको छ ।

चुनाबी अभियानका क्रममा कैद गरिएका उनका केही द्रिश्यहरु

 

प्रतिक्रिया दिनुहोस्