
२१ साउन, एजेन्सी – पाकिस्तानका शरणार्थीहरूले आफूले जम्मु काश्मीरको स्थायी बसोबासको प्रमाणपत्रमा पाएकोमा खुसी व्यक्त गरेका छन् । धारा ३७० खारेजीको पहिलो वर्ष उत्सवका रूपमा समेत उनीहरूले मनाउने भएका छन् ।
शणार्थीमध्येका एक जनाले काश्मिरी समुादायमा रहन पाएकोमा खुसि व्यक्त गर्दै सरकारी जागिरका लागि पनि आवेदन दिनसक्ने भएकोमा हर्ष समेत व्यक्त गरेका छन् ।
गत अगस्टमा केन्द्र सरकारले विवादित धारा ३७० र ३७ एको खारेजी गर्दै जम्मु काश्मीर र लद्दाखलाई पनि केन्द्रको शासनमा रहने गरी व्यवस्था गरेको थियो ।
सो धारा खारेज गर्दै मोदीले राम्रो काम गरेकाे भन्दै शरणार्थीहरूले उनकाे प्रशंसा समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्