Logo

ओली-दाहाल भेटवार्ता निष्कर्षविहीन, बैठक सकिए लगत्तै निजी निवास पुगे ओली



Spread the love

१९ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको वार्ता सम्पन्न भएको छ ।

केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए ।

यसैबीच बालुवाटारको बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली निजी निवास भक्तपुरको बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्