१८ साउन, काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा करिब ३ घण्टासम्म चलेकाे भेटवार्ता निष्कर्षमा नपुगि टुङगिएकाे हाे ।
आजको वार्तामा अध्यक्षद्वयले साक्षीसहित वार्ता गरेका थिए । वार्तामा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्बाङ सहभागी थिए ।
खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे । तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गर।
प्रतिक्रिया दिनुहोस्