Logo

काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध



Spread the love

१२ साउन, पोखरा – गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले प्रदेशसभामा दर्ता गराएको एक घर, एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको हो ।

सङ्कल्प प्रस्तावलाई एउटा दलमात्र नभई सबै दलको साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप कार्यदल गठन गरिए पनि निष्कर्षमा पुग्न सकेको थिएन । यसअघि आइतबारको बैठकको शुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सङ्कल्प प्रस्ताव कार्यसूचीमा नआउँदासम्म बैठक चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्