९ साउन, काठमाडौं। पूर्व प्रधाननमन्त्री डाक्टर बाबुराम भट्टराईले श्रीमतीको हत्यामा दोषी ठहर भएका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाइदिने फैसलामा संलग्न न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
सर्वोच्चको फैसलाबाट कोइराला हिजो रिहा भएपछि भट्टराईले आज ट्वीट गर्दै अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ट्वीटमा उनले संसद अधिवेशन बोलाउन, ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्