८ साउन, उदयपुर – उदयपुरको बेलका नगरपालिकी उपमेयर राजकुमारी चौधरीले जनतासँग माफी माग्दै राजीनामा दिने घोषणा गरेकी छन् ।
बुधबार फेसबुकमा स्टाटस पोस्ट गर्दै उपमेयर पदबाट राजिनामा दिने घोषणा गरेकी हुन् ।
फेसबुकमा पोस्ट गरिएको स्टाटसमा लेखिएको छ, “‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ दुई तिहाई सरकार।”
तत्कालीन एमाले बाट २०७४ को स्थानीय चुनाबमा चौधरी निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्