Logo

मङ्गलबारसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित



Spread the love

४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

आज अपरान्ह २ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक ६ गतेका लागि सारिएको हो । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्