२ साउन, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा मजाक तथा निन्दाको विषय बनिरहेको छ ।
प्रधानमन्त्री ओलीले असार २९ गते भानु जयन्तीका दिन भगवान रामको जन्मस्थल अयोध्या भारतमा पर्ने नभइ नेपालमा पर्ने र जनपुरकी सिताको विवाह भारतका रामसँग नभइ नेपालकै रामसँग गरिएको अभिव्क्ति दिएका थिए ।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका थिए ।
ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए। तर अहिले ओलीले दिएको वक्तव्यको विरोध भएको छ भने भारतमा नेपालीमाथि धार्मिक आक्रमण समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्