Logo

दाहाल र नेपाल माग्छन् राजिनामा, ओली भन्छन् ‘राजिनामा दिन्न सकेको कदम चाल्नु’



Spread the love

१ साउन, काठमाडाैँ – नेकपाको आन्तरिक विवाद मिलेको भनिएको केहीदिन पछि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटवार्तामा प्रचण्ड र नेपालले ओलीलाई राजीनामा सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै नेताद्वयले राजिनामा दिन सुझाव दिएको बताइएको छ ।

तर, प्रधानमन्त्री ओलीले राजिनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्