२८ असार, चितवन – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेपालको नयाँ नक्सा जारी गर्न आँफुले निर्देशन दिएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका प्रचण्डले आइतबार आयोजित कार्यक्रममा नेपालको नयाँ नक्सा जारी गर्न आफुले निर्देशन दिएको र प्रधानमन्त्री ओलीले सो निर्देशनलाई औपचारिकता दिएको बताएका छन् ।
प्रचण्डले भारतले नक्सा प्रकाशित गरे लगत्तै आफुले समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको जिकीर गरेका छन् ।
नक्सा जारी गर्न आफ्नो ठूलो भूमिका रहेको बताउँदै आफुलाई लम्पसारवादी भन्न नहुने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्