२३ असार, काठमाडाैँ – समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले नेत्री गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिए ।
त्यसैगरी सांसद् गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । पार्टीको कारबाही पश्चात् गिरीको पद गुमेसँगै उनीभन्दा तल्लो तहमा रहेकी सिटाैला स्वतः सांसद बन्ने भएकी हुन् ।
सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्