रुकुम पुर्व बाट प्रतिनिधि सभा उम्मेदवार कमला रोका भारी मतले बिजयी भएकी छिन् ।
रोकाले दस हजार चार सय चौतिस मत प्राप्त गरेकी छिन भने निकतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार हरिशंकर घर्तीले चार हजार चार सय छ मत प्राप्त गरेका छन् ।
उनि नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य तथा महिला बिभाग इन्चार्ज हुन । तत्कालिन नेकपा(माओवादी)ले सुरु गरेको जनयुद्धको पहिलो महिला छापामार हुन् ।
तेसै गरि नयाँ शक्तिका जितमान पुनले एक हजार चार सय उनान्नब्बे मत प्राप्त गरेका छन भने नेकपा (माले)का रतन बहादुर बुढाले चार सय सतासी मत प्राप्त गरेका छन ।
अन्य उम्मेदवारहरु मंगोल नेसनल पार्टीका रतन बहादुर बुढाले अन्ठाउन्न र राष्ट्रिय जनमोर्चाका चन्द्र बहादुर शाहीले बाउन्न मत प्राप्त गरेका छन । कुल अठार हजार एक सय बार्ह मत खसेकोमा एक सय सत्र मत बदर भएको छ भने सोर्ह हजार नौ सय चौबीस मत सदर भएको छ ।