Logo

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए



Spread the love

२० असार, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको बोलावटपछि अहिले मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुगेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्