१८असार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटिको बैठक पुनः शुरु भई केही बेरममा सम्पन्न भएको छ । बैठकमा सदस्यहरुले पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरुबीच आपासी छलफल गर्नु पर्ने कुरामा जोड दिएको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताएका छन् ।
त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरुबीच छलफल हनुु पर्ने कुरामा सदस्यहरुको जोड रहेको उनले बताए। अर्को बैठक शनिवार ११ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्