१८ असार, काठमाडाैँ – नेकपाको मंगलबार बालुवाटार र बुधबार झम्सिखेलमा बसेको स्थायी कमिटीको बैठक तथा भेटघाटमा प्रधानमन्त्री ओली र अन्य सदस्यहरू बीच चर्काचर्की भएको छ । चर्काचर्कीको वातावरण पश्चात् ओलीको विरूद्धमा स्थायी कमिटीका सदस्यहरू बहुमतले उभिएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले माथि आपत्ति जनाउँदै नेताहरूले पदबाट राजिनामा मागेपछि चर्काकर्कीको स्थिति सिर्जना भएको हो भने स्थायी कमिटीका ३१ जना सदस्यहरू ओलीको विरुद्धमा रहेका छन् ।
उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल, झलनाथ खनाल लगायत बामदेव गाैतम समेत ओलीको विपक्षमा उत्रिएका छन् । उनीसहित अन्य ३१ जनाले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् ।
उनीहरू सबैले ओलीको नेतृत्व क्षमतामाथि प्रश्न समेत उठाएका छन् ।
तर, प्रधानमन्त्री ओलीले भने आफु चुनाव लडेर आएको र कसैले भन्दैमा राजिनामा नदिने आशय प्रस्तुत गरेका छन् ।
यी हुन् प्रधानमन्त्रीको विरूद्धमा उभिएका नेकपा कमिटी सदस्यहरू :
१) पुष्पकमल दाहाल प्रचण्ड
२) माधवकुमार नेपाल
३) झलनाथ खनाल
४) बामदेव गौतम
५) रामबहादुर थापा बादल
६) नारायणकाजी श्रेष्ठ
७) युवराज ज्ञवाली
८) लीलामणि पोखरेल
९) रघुजी पन्त
१०) देवेन्द्र पौडेल
११) मणि थापा
१२) गणेश साह
१३) चक्रपाणि खनाल
१४) सुरेन्द्र पाण्डे
१५) गोकर्ण विष्ट
१६) मात्रिका यादव
१७) मुकुन्द न्यौपाने
१८) देव गुरुङ
१९) वर्षमान पुन
२०) भीम रावल
२१) शक्ति बस्नेत
२२) जनार्दन शर्मा
२३) टोपबहादुर रायमाझी
२४) भीम आचार्य
२५) वेदुराम भुसाल
२६) हरिबोल गजुरेल
२७) अष्टलक्ष्मी शाक्य
२८) पम्फा भुसाल
२९) गिरिराजमणि पोखरेल
३०) घनश्याम भुसाल
३१) योगेश भट्टराई