१७ असार, काठमाडाैँ – नेकपाको मंगलबार बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली र अन्य सदस्यहरू बीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले माथि आपत्ति जनाउँदै नेताहरूले पदबाट राजिनामा मागेपछि चर्काकर्कीको स्थिति सिर्जना भएको हो ।
बालुवाटारमा बसेको उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ओलीको नेतृत्वमा पार्टि तथा सरकार पनि अपेक्षित रूपमा चल्न नसकेका कारण राजिनामा माग गरेका थिए । उनीसहित अन्य १७ जनाले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् ।
उनीहरू सबैले ओलीको नेतृत्व क्षमतामाथि प्रश्न समेत उठाएका छन् ।
तर, प्रधानमन्त्री ओलीले भने आफु चुनाव लडेर आएको र कसैले भन्दैमा राजिनामा नदिने आशय प्रस्तुत गरेका छन् ।
आफ्नो पद कसैले टिका लाएर नदिएको बताउँदै पार्टीमा किचकिच गर्दै गएका आफु बाचुञ्जेसम्म चुनाव लडिरहने समेत बताएका छन् ।
मंगलबार प्रधानमन्त्रीको पक्षमा कुनै पनि कमिटी सदस्यले नबोलेको समेत बताइएको छ ।
यी हुन् प्रधानमन्त्रीको राजिनामा माग्ने नेकपा कमिटी सदस्यहरू :
१) पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) झलनाथ खनाल
३) माधवकुमार नेपाल
४) वामदेव गौतम
५) नारायणकाजी श्रेष्ठ
६) वेदुराम भुषाल
७) अष्टलक्ष्मी शाक्य
८) मुकुन्द न्यौपाने
९) भीम रावल
१०) रघुजी पन्त
११) युवराज ज्ञवाली
१२) गणेश शाह
१३) सुरेन्द्र पाण्डे
१४) जनार्दन शर्मा
१५) पम्फा भुषाल
१६) गोकर्ण विष्ट
१७) भीम आचार्य