Logo

‘प्रधानमन्त्रीकै निर्देशनमा “नेकपा एमाले” नामको पार्टि दर्ताका लागि निवेदन’



Spread the love

१७ असार, काठमाडाैँ – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नै निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको बताएका छन् ।

मंगलबार बसेको पार्टी कमिटी बैठकमा गाैतमले निर्वाचन आयोगमा दर्ता भएको पार्टि निवेदनमा प्रधानमन्त्रीको निर्देशन रहेको प्रमाण दिन तयार रहेको बताएका छन् ।

आफूसँग सो बारेको सुचना रहेको र यदि छानबिन भएका प्रमाण दिन तयार रहेको उनले जिकिर गरेका छन् ।

नेकपा एमाले नामको पार्टि दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । सो निवेदन झापाकी सन्ध्या तिवारीको नाममा परेको हो ।

प्रतिक्रिया दिनुहोस्