Logo

“नेकपा एमाले” पार्टि दर्ताको विषयले नेकपा नेताबीच खैलाबैला



Spread the love

१६ असार, काठमाडाैँ – निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टि दर्ताको लागि निवेदन परेसँगै नेकपा स्थायी कमिटीको बैठक प्रभावित भएको छ । कमिटीको मंगलबारको बैठकमा यो विषयले प्रवेश पाएसँगै अन्य एजेण्डा नै छायाँमा परेका छन् ।

नेकपा एमाले नामको पार्टि दर्ताको निवेदनबारे अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच प्रश्नोत्तरको वातावरण समेत सिर्जना भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सो पार्टि दर्ता गर्नुको कारणबारे प्रश्न उठाउँदा प्रम केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका छन् ।

बैठकमा बामदेव उपाध्यक्ष गाैतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बताएका छन् ।

त्यसैगरी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको स्थायी कमिटीमा सो पार्टि सम्बन्धी निवेदनमा नेकपाका कार्यकर्ता तथा नेताहरूको संलग्नता रहे/नरहेको बारे छलफल भएको जानकारी छन् ।

निर्वाचन आयोगले झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको लागि निवेदन दिएको पुष्टि गरेको छ । यही विषयलाई लिएर कमिटी बैठकमा नेताहरूबीच खैलाबैला समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्