१६ असार, काठमाडाैँ – निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । आइतबार परेको निवेदन झापाकी सन्ध्या तिवारीको नाममा रहेको बताइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको स्थायी कमिटीमा सो पार्टि सम्बन्धी निवेदनमा नेकपाका कार्यकर्ता तथा नेताहरूको संलग्नता रहे/नरहेको बारे छलफल भएको बताएका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सो पार्टि दर्ता गर्नुको कारणबारे प्रश्न उठाउँदा प्रम केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्