Logo

कोरोना भाइरस : ५ लाख कट्यो मृत्यु हुनेको संख्या



Spread the love

१६ असार, एजेन्सी – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७ हजार ५१८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ४ लाख २ हजार ६३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मंगलबार बिहानसम्म प्राप्त विवरण अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५६ लाख ५५ हजार ५६१ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ३८ हजार ५५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ७७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ७७७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्