Logo

बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लियो रियल



Spread the love

एजेन्सी । रियल मड्रिडले ला लिगामा स्पायनयोललाई १-० ले पराजित गरेको छ । जितपछि रियल बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट ६९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

स्पानयोलको मैदानमा भएको खेलमा करिम बेन्जामाको पासमा कासेमिरोले पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए ।

यस्तै ला लिगाकै अर्को खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै भिल्लारियाल पाँचौ स्थानमा उक्लियो भने आइबरले ग्रानडालाई २-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्