Logo

नेपालको नयाँ नक्सा अनुमोदन गर्न मत नदिने १२ सांसदहरू



Spread the love

३२ जेठ, काठमाडाैँ – नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

तर, शनिबारको सो बैठकमा १२ जना सांसद्ले भने नक्सा अनुमोदनका लागि मत दिएनन् । को हुन् त ती मत नदिने सांसदहरू:-

१. नेकपाका हरिबोल गजुरेल, धनबहादुर बुढा, शिवकुमार मण्डल, गोपालबहादुर बम

२. नेपाली काँग्रेसका सूर्यबहादुर केसी, ज्ञानकुमारी छन्त्याल, नागेन्द्र पासवान तथा राजपाकी अमृता अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह

३. समाजवादीका सूर्यनारायण यादव र सरिता गिरी

माथि उल्लेखित भएका मध्ये सरीता गिरी र अमृता अग्रहरी संसदमा उपस्थित भएता पनि मत नदिकनै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्