३० जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षहरुलाई धन्यावाद दिएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिएका हुन् ।
भारतले आन्तरिक राजनीतिमा व्यवस्थापनका लागि नक्सा जारी गरेपछि नै नेपालले विरोध जनाएको उल्लेख गर्दै उनले पछिल्लो पटक सडक उद्घाटन गरेर नेपाललाई आफ्नो अडान राख्ने अवस्था सिर्जन गरिदिएकोमा धन्यवाद दिए।
‘हामीले वार्ता र संवादबाटै यो समस्यालाई समाधान गरौला भन्ने चाहेका थियौं,’ प्रचण्डले संसदमा भने, ‘तर, एकाएक सडक उद्घाटन गरेर हामीलाई ब्युझाइदिने काम भयो। यसका लागि धन्यवाद।’
प्रतिक्रिया दिनुहोस्