Logo

नयाँ स्थानीय रुटहरुमा गाडी सञ्चालनका लागी गाडी दर्ताको निवेदन खुल्ला



Spread the love

जनताको माग र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सल्यान रुकुम यातायात व्यवसायी समितिको शाखा कार्यालय बागचौरबाट स्थानीय रुटहरुमा सञ्चालन गर्नको लागी ६ वटा गाडीको निवेदन खुल्ला गरेको  छ ।
सल्यान जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमुखी गराउनको लागी जिल्लाका पाएक पर्ने विभिन्न क्षेत्रहरूमा शाखा कार्यालय स्थापाना गर्दै,स्थानीय रुटहरुमा गाडी सञ्चालन गरी यात्रुहरु लाई सुविधा दिने दृर्घकालीन लक्ष्य राखेको सल्यान रुकुम यातायात व्यवसायी समीतीले पहिलो चरणमा सल्यान बाग्चौर नगरपालिका वडा २ बाग्चौरमा शाखा कार्यालय स्थापना गरी उक्त क्षेत्रका विभिन्न रुढहरुमा गाडी सञ्चालन गर्ने निर्णय गरे लगतै जिप र मिनीबस गरी जम्मा ६ वटा गाडीको लागी इन्ट्री खुल्ला गरिएको समितिले जानकारी दिएको छ ।
श्रावण १५ गते बसेको कार्यसमितिको नियमित बैठकको निर्णय अनुसार श्रावण १७ गते देखी २५ गते सम्म निवेदन खुल्ला गरिएको र बिहान १० देखी बेलुका ४ बजे कार्यालय समय भित्र इच्छुक ब्यवसायीहरुले समितिको प्रधान कार्यालय श्रीनगरमा आई निवेदन दर्ता गराउन सकिने समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताए ।
आवश्यक सङ्ख्या भन्दा बढी निवेदन दर्ता हुन आएमा यही श्रावण २६ गते बिहान ११ बजे समितिको प्रधान कार्यालयमा गोला प्रथा गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।
तत्कालै सल्यानका विभिन्न स्थानहरू बाट काठमाण्डौका लागी रात्रीकालिन सेवा सञ्चालन गर्न सुविधा सम्पन्न ५ वटा डिलक्स बस समितिमा भित्रिने  बुढाथोकीले जानकारी दिए ।
gadi darta 16

प्रतिक्रिया दिनुहोस्